‘विपद्जन्य जोखिम व्यवस्थापन गर्न स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा जोड्न आवश्यक’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘विपद्जन्य जोखिम व्यवस्थापन गर्न स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा जोड्न आवश्यक’


२ माघ २०८०, मंगलबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा आबद्ध गरेर विपद्जन्य जोखिम व्यवस्थापन गर्ने योजना बनेको बताएका छन् । काठमाडौँ महानगरपालिकाले मङ्गलवार बिहान नयाँ सडकस्थित भूगोलपार्कमा आयोजना गरेको २६औँ भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विपद् पूर्वतयारी र विपद्पछिको पुनर्निर्माणलगायतमा काठमाडौँ महानगरले गरेको काम उदाहरणीय रहेको भन्दै मन्त्री श्रेष्ठले काठमाडौँ महानगरबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्ने बताए।

‘काठमाडौँ महानगरपालिकाले विपद् पूर्वतयारी, विपद्का समयमा गरिने खोज तथा उद्धार, विपद्पछिको पुनर्निर्माणमा गरेको काम अन्य पालिकाहरूका लागि पनि सिकाइ रहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘जाजरकोट भूकम्पमा काठमाडौँ महानगरपालिकाले गरेको सहयोग उदाहरणीय छ।’

काठमाडौँका सामुदायिक विद्यालय र सडक पुल निर्माणका लागि अन्तरसरकार समन्वयबाट काम गर्नुपर्ने उनले प्रस्ट पारे। श्रेष्ठले भने, ‘भूकम्पप्रतिरोधी संरचना निर्माण गर्न रैथाने सीपको प्रयोग हुन सक्छ । हामीले ठूला भूकम्पको कम्पन थेगेका सम्पदा क्षेत्रका संरचनाको परम्परागत निर्माण प्रविधिको अध्ययन र प्रवर्द्धन गर्न सक्छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस