जनकपुर आउँदै गरेको रेलमा एक यात्रुको मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

जनकपुर आउँदै गरेको रेलमा एक यात्रुको मृत्यु


२ माघ २०८०, मंगलबार


जनकपुर । महोत्तरीको विजलपुराबाट जनकपुर आउँदै गरेको रेलमा सवार एक जना यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोहरपट्टी नगरपालिका ४ खुट्टा पिपराढीको अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेका छन् । बिहान रेलमा सवार पण्डितको जनकपुर आउने क्रममा रेलको बोगीभित्रै मृत्यु भएको हो ।

बोगीमै सवार अन्य यात्रुका अनुसार टिटिले टिकट दिन भनेपछि उनी टिकट निकाल्ने बेला सिटमै ढलेका थिए । मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ भने रिपोर्ट आएपछि मृत्युको कारण प्रष्ट हुने धनुषा प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस