रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा एपीएफको दोस्रो जीत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा एपीएफको दोस्रो जीत


१ माघ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ)ले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा कोशीले दिएको १३६ रनको लक्ष्य एपीएफले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

एपीएफको जीतमा कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरे । बलिङतर्फ ३ विकेट लिएका पौडेलले ब्याटिङमा ८० रन बनाए । ५३ बलमा पौडेलले ९ चौका र ३ छक्का प्रहार गरे । एपीएफका प्रज्ज्वल शाहीले २२ र सुमित महर्जनले अविजित २० रन जोडे ।

बलिङतर्फ कोशीका फिर्दोस अन्सारी, कमल खत्री, समीर कार्की र सोनु मण्डलले १(१ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४ ओभर ३ बलमा १३५ रनमा समेटिएको थियो । कोशीका फिर्दोस अन्सारीले ५५, सोनु अन्सारीले २०, कप्तान अङ्कित सुवेदीले १३, सोनु मण्डलले ११, आइस भट्टराईले १० रन बनाएका थिए ।

बलिङतर्फ एपीएफका कप्तान रोहित पौडेल र अविनाश बोहराले समान ३(३, अमर रौटेलाले २, भुवन कार्की र मौसम ढकालले १/१ विकेट लिएका थिए । यसअघि आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस