२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको आरोप : सरकारकै कारण अस्वाभाविक बाह्य चलखेल बढ्यो

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार तीनवटा संकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन्। आइतबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पहिलो राजनीतिक अस्थिरता र अराजकताको चुनौती चरम चुलीमा रहेको बताए।

उनले भने, ‘हामीले २०७९ को जनादेशलगत्तै भनेका थियौँ। हामी यो जनादेशलाई सम्मान गर्छौ, तर, यो जनादेश मुलुकको विकास र समृद्धिका लागि अनुकूल हुन सक्दैन। यो धेरै प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री जन्माउने जनादेशका रूपमा प्रयोग हुनेछ।’

यसबाट जनता र राष्ट्रले सार्थक परिणाम प्राप्त गर्न नसक्ने आफूहरूको बुझाइ रहेको त्यो आज पुष्टि हुँदै गइरहेको समेत बताए। यस्तै, उनले राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप अस्वाभाविक रूपमा बढी रहेको समेत बताए।

विश्व राजनीतिको भूराजनीतिक द्वन्द्वको क्रिडास्थलका रूपमा नेपाललाई प्रयोग गर्ने जोखिम बढेको उनको भनाइ थियो। उनका अनुसार पछिल्लो समय एसिया महादेश विश्व अर्थ व्यवस्थामा अगाडि बढ्न थालेको चिन्ताबाट विश्व महाशक्तिहरू एसिया भित्र द्वन्द्व सृजना गर्न लागेका छन्।

एशियाका दुई ठूला शक्तिशाली राष्ट्र चिन र भारत मतभेद सृजना गरी लाभ लिने उद्देश्यका साथ नेपाल भूमिको प्रयोग गर्न खोजेको समेत उनले बताए। उनले भने, ‘नेपाल भूमिलाई त्यो रणनीतिक द्वन्द्वको क्रिडास्थलका रूपमा प्रयोग योजना अन्तर्गत नेपालमा बलिया राष्ट्रिय शक्ति बन्न नदिने, अस्थिरता सृजना गरिरहने जस्ता क्रियाकलापहरू पछिल्लो समय बढेर गइरहेका छन्।’ त्यसको एक प्रकारको गोटी अहिलेको सरकार बनिरहेको समेत उनले आरोप लगाए।

अहिलेका प्रधानमन्त्री विदेश भ्रमण जाँदा मुलुकका हितका पक्षमा भन्दा पनि के गुमाउने हुन्, भन्ने खालेको चिन्ता गर्नुपर्ने अवस्था रहेको समेत उनले बताए। यस्तै, उनले भारतीय दूतावासले २० करोडसम्म खर्च गर्ने दिने कुरा अनुमति दिएको कुराहरू बाहिर आएको भन्दै त्यो उचित नभएको तर्क गरे।

उनले भने, ‘नेपालमा स्थानीय तहमा सबै खर्च कटाएर पुँजीगत खर्च गर्न ८/१० करोड हुन्छ। तर, दूतावासले एउटा परियोजनामा २० करोड खर्च गर्न पाउने भए, त्यो पालिका सरकार दूतावाससँग माग्न जान्छ। खर्च गर्ने अनुमति दिने कुरा भनेको आफ्नो कार्यकारी अधिकारी प्रयोग गर्न नसक्ने सरकारले राज्य चलाउने नैतिक अधिकारी राख्न सक्न छ ?’

प्रतिक्रिया दिनुहोस