राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न अपिल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न अपिल


२९ पुस २०८०, आइतबार


काठमाडौँ । सत्ता गठबन्धनले आफ्ना तर्फबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएकाहरूलाई मतदान गर्न अपिल गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धन दलको बैठकले गठबन्धनलाई सङ्गठित र बलियो बनाउन साझा उम्मेदवारलाई जिताउनु आवश्यक रहेको निष्कर्ष निकालेको छ।

‘राष्ट्रिय सभा निर्वाचनका क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्छन्,’ अपिलमा उल्लेख छ, ‘यो निर्वाचन गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो। तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ।’

गठबन्धनले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि आफूहरूले राजनीतिक गठबन्धन निर्माण गरेको जिकिर पनि गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस