२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोलम्बियामा पहिरोमा परी १८ जनाको मृत्यु

अ+ अ-

बोगोटा, कोलम्बिया । कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

मेडेलिन र क्विब्दो शहरलाई जोड्ने सडकमा पहिरोले क्षति पुर्‍याएपछि यहाँको यातायात सेवा अवरुद्ध बनेको चोको क्षेत्रको स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले एएफपीलाई बताए ।

‘कार्मेन डे अट्राटो नगरपालिका नजिकै ‘एउटा घरमा आश्रय लिन’ धेरै मानिसहरू आफ्नो गाडीबाट झरेका समय दुर्भाग्यवश पहिरो आएर उनीहरू पुरिएका छन्,’ अधिकारीले भने ।

उपराष्ट्रपति फ्रान्सिया मार्केजले करिब ३० जना घाइते भएको बताएका छन् । 

कारमेन डे अट्राटोका मेयर जैमी हरेराले स्थानीय टिभी स्टेसन काराकोललाई बताएअनुसार पहिरोमा परी मानिसहरू गम्भीर घाइते भएका छन् भने अझै पनि अन्य केही पहिरोमा फसेका छन् ।

सामाजिक सञ्जाल र टेलिभिजन च्यानलमा सार्वजनिक भएका तस्बिरमा हिलो र पहिरोका कारण कारहरू ध्वस्त भएको देखिएको छ ।

प्रशान्त महासागरसँग सीमा जोडिएको र विशाल उष्णकटिबन्धीय वन रहेको चोको क्षेत्रमा विगत २४ घण्टामा भारी वर्षा भएको छ ।

कोलम्बिया खडेरीको अवस्थाबाट गुज्रिरहेको बेला जल, मौसम तथा वातावरण अध्ययन इन्स्टिच्युटले यसअघि प्रशान्त र अमेजनको सिमानामा रहेका विभिन्न क्षेत्रमा भारी वर्षाको जोखिमबारे चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस