डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा लाइन काटिएका उद्योगमा बिजुली जोडियो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा लाइन काटिएका उद्योगमा बिजुली जोडियो


२८ पुस २०८०, शनिबार


काठमाडौँ । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटिएका २३ वटा उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार शुक्रबार मध्यरातसम्म सबै उद्योगमा लाइन जोडिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरेको थियो। त्यही बैठकले उद्योगमा लाइन जोड्ने निर्णय पनि गरेको थियो।

शुक्रबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले  काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको थियो।

विगतमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी चलाएको बिजुलीका प्रिमियम बक्यौता नतिरेको भन्दै प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काट्न सुरु गरेको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस