भालुबाङ बस दुर्घटना : ८ जना मृतकको सनाखत « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भालुबाङ बस दुर्घटना : ८ जना मृतकको सनाखत


२८ पुस २०८०, शनिबार


काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ ।

नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जना मध्ये  २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौँडा बस्ने ३०-३५ वर्षीय सौरभ विष्ट, जुम्लाको चन्दनाथ-९ का ४० वर्षीय मुनबहादुर रावत,  बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे,  भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखन भएको छ ।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार : बस दुर्घटना अपडेट : राप्ती नदीमा बस खस्दा पाँच जनाको मृत्यु

सम्बन्धित समाचार : भालुबाङ बस दुर्घटना : १२ जनाको मृत्यु, २२ घाइते

Tags :
प्रतिक्रिया दिनुहोस