‘कर्मचारीबाट सरकारले सहयोग पाएन, काममा हात हाल्नै चाहँदैनन्’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘कर्मचारीबाट सरकारले सहयोग पाएन, काममा हात हाल्नै चाहँदैनन्’


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कर्मचारीप्रती असन्तुष्टि जनाएका छन् । सरकारले लिएका विकास र समृद्धिका योजना कार्यान्वयनमा निजामती कर्मचारीहरूबाट सरकारलाई पूर्ण सहयोग प्राप्त हुन नसकेको बताएका हुन्। 

धुलिखेलमा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन बाग्मती प्रदेश समितिले आयोजना गरेको सङ्गठन सुदृढीकरण तथा सार्वजनिक सेवा प्रवाहमा ट्रेड युनियनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् । 

सरकारले लिएका विकास र समृद्धिका योजना कार्यान्वयनमा कर्मचारीहरूले जोखिम लिनै नचाहने गरेको उनको गुनासो छ। 

मुख्यमन्त्री जम्कट्टेलले सरकारले लिएका ठुला योजनाको कार्यान्वयनमा झमेला हुने भन्दै कर्मचारीहरू पन्छिने गरेको बताए । कर्मचारी कै कारण सरकारको बजेटमा टुक्रे योजना बढी समावेश हुने गरेको उनको भनाई छ । टुक्रे योजनाको प्रचलन कर्मचारीले नै चलाएको उनले आरोप लगाए । 

‘नयाँ सोच र जाँगर कर्मचारीमा हुनुपर्ने हो । त्यसो हुन सकेन । कर्मचारीहरू सजिलै काम सकियोस् भन्ने सोच्छन् । जसका कारण कर्मचारी जोखिम मोल्न नै चाहँदैनन् । टुक्रे योजनाको प्रचलन चलाउने कर्मचारी हुन् । ठूला आयोजनामा झमेला हुन्छ भनेर कर्मचारीहरू हात हाल्नै चाहँदैनन्।’ 

Tags :
प्रतिक्रिया दिनुहोस