बुटवलमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बुटवलमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । बुटवल बेलहिया सडक-खण्डमा निर्माण गरिएको शाहको सालिक ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार अनावरण गरिएको हो ।

राप्रपाका स्थानीय नेता रुपसिंह थापा, निलम अधिकारीलगायतको अगुवाइमा बुटवल उपमहानगरपालिका-१० राजमार्ग चौराहदेखि दक्षिणतर्फ सडकको हरियाली क्षेत्रमा उक्त सालिक निर्माण गरिएको छ ।

करिब १७ लाख रुपैयाँको लागतमा मूर्तिकार राजु तुलाधरले उक्त सालिक निर्माण गरेको बताईएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस