रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु


२६ पुस २०८०, बिहिबार


खलङ्गा (प्युठान) । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका चार काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् । 

मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर दिएका हुन् । प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताए । नगरप्रमुख योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त दुःखद खबरबारे थप जानकारी दिइने थापाले बताए । 

छिमेकी थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको राससलाई बताए । उनका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस