देशको अर्थतन्त्र तल झर्दैन : पूर्वअर्थमन्त्री पाण्डे « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

देशको अर्थतन्त्र तल झर्दैन : पूर्वअर्थमन्त्री पाण्डे


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र घटबढ हुनु स्वाभाविक भएको बताएका छन् । ‘टुरिज्म इन्साइट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मान्छेमा अपेक्षा बढेकाले असन्तुष्टि बढेको बताए ।

उनले भने, ‘देशको अर्थतन्त्र पछाडि फर्किन्छ जस्तो मलाई लाग्दैन । मान्छेको अहिले अपेक्षा धेरै भयो । बढेको अपेक्षा पूरा नभएपछि मान्छे असन्तुष्ट छ । अहंकारीमात्रै भइरहेको छ । अहङ्कारी भइरहेकाले मान्छे धेरै हिँडे भन्ने छ । त्यसैले मान्छेमा अहिले आम्दानीप्रतिको भोक बढेर गएको छ । हिजो यो अवस्था थिएन । त्यसैले अर्थतन्त्र विस्तार हुँदैछ । त्यसैले तल झर्छ पछाडि फर्किन्छ भन्ने लाग्दैन ।’

उनले व्यवसायीहरूको पनि सम्भावना र अवसरलाई हेरेर अर्थतन्त्र विकासको बाटो खोज्नुपर्ने बताए । व्यवसायमा देखिएका अप्ठ्यारा पाटाहरूको सुधार हुँदै जाने पाण्डेको विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस