मलेसियामा हत्या गरेर नेपाल फर्किदा पक्राउ परेका साह जेल चलान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मलेसियामा हत्या गरेर नेपाल फर्किदा पक्राउ परेका साह जेल चलान


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । मलेसियामा एउटै कम्पनीमा काम गर्ने नेपालीको हत्या गरेर नेपाल फर्किने क्रममा पक्राउ परेका महोत्तरीका २४ वर्षीय अनिल साहलाई जेल चलान गरिएको छ ।

साहलाई मङ्सिर ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । झापाका धनबहादुर प्रधानको हत्या गरेको आरोपमा पक्राउ परेका साहलाई अदालतबाट जेल चलान गर्ने आदेश भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक र साह मलेसियाको हर्ताज भन्ने कम्पनीमा क्लिनरका रूपमा काम गर्दै आएका थिए । कम्पनीमा इन्चार्ज रहेका प्रधानसँग लामो समयदेखि साहको सम्बन्ध राम्रो नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस