लुम्बिनीमा सत्ता गठबन्धनद्वारा निर्वाचन परिचालन कमिटी गठन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीमा सत्ता गठबन्धनद्वारा निर्वाचन परिचालन कमिटी गठन


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलको बैठकले राष्ट्रिय सभा निर्वाचन लक्षित समन्वय समिति गठन गरेको छ ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा लुम्बिनी प्रदेशभित्रका सबै प्रदेश सभापति-अध्यक्ष एवं प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू सम्मिलित राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरिएको हो ।

बैठकले सबै जिल्लाका स्थानीय तहका प्रमुख-उपप्रमुख र जिल्ला नेतृत्वसँग भेटघाट गर्न माघ २ गतेबाट जिल्ला-जिल्ला जाने निर्णय गरेको संयोजक पुनले जानकारी दिए ।

लुम्बिनीमा सत्ता गठबन्धनले झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ । सुवेदीलाई माओवादी र सापकोटालाई काँग्रेसले उम्मेदवार बनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस