नक्कली नोटसहित एकजना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नक्कली नोटसहित एकजना पक्राउ


२६ पुस २०८०, बिहिबार


पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका-१६ बालाजु माछापोखरी चोकबाट एक हजार दरको पाँच थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-१० घर भएकी २५ वर्षीया मनीषा न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस