सिकलसेल बिरामीको स्वास्थ्य बीमा कार्यक्रम सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिकलसेल बिरामीको स्वास्थ्य बीमा कार्यक्रम सुरु


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा सिकलसेल बिरामी र उनका परिवारको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। त्यसको सुरुवात बुधबार बाँकेबाट गरिएको छ। प्रदेश सरकारले लुम्बिनीमा सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो।

थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा देखा परेको सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारलाई अब एक लाखसम्मको औषधी र उपचारको व्यवस्था गरिने भएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर चार बैजापुरमा रहेको अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरे।

स्वास्थ्य कार्यालयका अनुसार, राप्तीसोनारी गाउँपालिकामा ३३ जना बिरामी छन्। बाँकेमा सय जना बढी सिकलसेलका बिरामी छन् । बिरामी र उनका ६ जनासम्म परिवारलाई स्वास्थ्य बीमा समेट्ने श्रेष्ठले बताए। लुम्बिनी प्रदेशका ६ वटा जिल्लामा यो कार्यक्रमको सुरुवात भएको छ। बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा यो कार्यक्रम सुरु गरिएको छ।

सिकलसेल वंशाणुगत रोग हो। प्रायः थारु समुदायमा देखिएको यो रोगलाई रोक्नका लागि फरक समुदायसँग विवाहवारी गर्नुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस