सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । 

प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।  आज प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

भुवा पर्व विशेषगरी बाजुरा र बझाङमा उल्लासपूर्वक मनाउने गरिए पनि पछिल्लो समय कैलाली र कञ्चनपुरमा समेत मनाउन थालिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस