हिगोटीका बाढी पहिरो प्रभावितलाई हामी नेपालद्वारा चामल र तेल वितरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हिगोटीका बाढी पहिरो प्रभावितलाई हामी नेपालद्वारा चामल र तेल वितरण


२५ पुस २०८०, बुधबार


मुगु । मुगुको खत्याड गाउँपालिकामा बाढी पहिरो प्रभावितहरूलाई हामी नेपाल संस्थाले चामल र तेल वितरण गरेका छ । संस्थाले पालिकाको हिगोटी गाउँका एक सय ३२ जनालाई प्रति घरधुरी एक कट्टा चामल र एक पोका तेलका दरले वितरण गरेको हो ।

बाढी पहिरोबाट प्रभावित भएको एक वर्ष बितिसक्दा पनि सरकारी तथा गैरसरकारी संस्था कतैबाट राहत नपाएका उनीहरूले संस्थाले दिएको चामल र तेलले केही राहत मिलेको छ । राहत पाउँदा स्थानीय खुसी भएका छन् ।

हिगोटी गाउँ पुग्नका लागि चार घण्टाको पैदल यात्रा गर्नुपर्छ भने हालसम्म मोटर बाटो र बिजुलीको सुविधा पुगेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस