२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीद्वारा मातहतका निकायसँग छलफल, सहकारीको नियमन गर्ने निकाय स्थापना हुने

अ+ अ-

काठमाडौँ । सरकारले गठन आदेशमार्फत सहकारी क्षेत्रको नियमन गर्ने नियामक निकाय गठन गर्ने भएको छ ।

वित्तीय कारोबार गर्ने देशभरका सहकारी संस्थामा समस्या आएपछि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको नेतृत्वमा सहकारी समस्या समाधान सुझाव कार्यदल गठन गरेको थियो ।

सोही कार्यदलले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत नियामक निकाय गठन गर्नुपर्ने सिफारिस गर्दै त्यसको मोडिलाटी समेत प्रस्ताव गरेको थियो । बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको सरोकारवालाको छलफलले सहकारी क्षेत्रको नियमन गर्ने दोस्रो तहको नियामक निकाय गठन आदेश मार्फत गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ ।

दोस्रो तहको नियामक निकाय गठनको लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय आवश्यक गृहकार्य समेत गरिरहेको मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले बताए । बुधबार गृहमन्त्री श्रेष्ठको नेतृत्वमा भएको छलफलले सहकारी समस्या समाधानका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गरी आवश्यकता अनुसार उपसमिति मार्फत तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न शीघ्र पहल लिने निर्णय समेत गरेको छ ।

कोष चाँडै सञ्चालन गर्ने बताए पनि अर्थ मन्त्रालयले कोष सञ्चालनका लागि आवश्यक स्रोत सुनिश्चितता नगर्दा यसै रोकिएको छ । यस्तै सहकारी विभागले नियमित नियमन गर्ने र अनुसन्धानबाट प्राप्त प्रारम्भिक प्रतिवेदनहरू आवश्यक कारबाहीका लागि कारबाही गर्ने निकाय समक्ष अविलम्ब पठाउने निर्णय छलफलले गरेको छ ।

गृहमन्त्रीको नेतृत्वमा भएको छलफलमा गृह सचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी र एसएसपीका साथै सहकारी विभागको रजिष्ट्रार, सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको संयोजक र सदस्यहरूका साथै गृह मन्त्रालय र अर्थ मन्त्रालयको पनि उपस्थित थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशन अनुसार उपप्रधानमन्त्री श्रेष्ठले सहकारी समस्या समाधानका लागि अग्रसरता लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस