नेकपा एसले विधान संशोधन गर्न कार्यकर्ता तहबाट सुझाव लिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा एसले विधान संशोधन गर्न कार्यकर्ता तहबाट सुझाव लिने


२५ पुस २०८०, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनको लागि कार्यकर्ता तहबाट सुझाव लिने भएको छ ।

आज बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला तहमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘माघ १४ र १५ मा पार्टीको केन्द्रीय परिषद्को बैठक बस्दैछौं । त्यसमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ । त्यसका लागि गएको केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला र कार्यकर्ता तहमा पुग्नेछ । त्यो सुझावको आधारमा केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गर्नेछौँ ।’

यस्तै, राष्ट्रिय सभामा गठबन्धनको उम्मेदवारलाई जिताउन पार्टीको सबै शक्तिलाई परिचालन गर्न आह्वान गरेकोसमेत प्रवक्ता खतिवडाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस