२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको नगरसभा स्थगित, समय अभाव कि आन्तरिक टसल ?

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभा स्थगित भएको छ । कार्यपालिका बैठकको निर्णय अनुसार बुधवारका लागि तय भएको नगरसभा स्थगित भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । अन्तिम समयमा आएर आजको नगरसभा स्थगन भएको हो ।

प्रवक्ता मानन्धरका अनुसार नगरसभा हुनु ४८ घण्टा अगाडि टुङ्गाउने पर्ने बजेटको विषय नटुङ्गिएका कारण नगरसभा स्थगित गर्नु परेको हो । उनले भने, ‘बजेट, नीति तथा कार्यक्रम र ऐनहरू टुङ्गाएर ४८ घण्टा अगाडि सभासदहरुलाई उपलब्ध गराउनु पर्ने रहेछ । त्यतातिर ध्यान पुगेन छ । यो नटुङ्गिएका कारण नगरसभा स्थगित गर्नु पर्‍यो । आज हामीले यसलाई टुङ्गो लगाएका छौँ ।’ 

अर्कोतर्फ सभागृहमा नगरसभा गर्नका लागि अन्य केही प्राविधिक कठिनाइ देखिएको महानगरले जनायो । शुक्रवार र शनिवार सार्वजनिक बिदा परेकोले आइतबार नगरसभा गर्ने सम्भावना रहेको मानन्धरले जानकारी दिए । आइतबार सभागृह प्याक भएकाले अर्को स्थानमा नगरसभा गर्नुपर्ने स्थिति आएको उनले बताए । ठाउँ तय नभएका कारण नयाँ मिति पनि नतोकिएको उनले बताए ।

प्रवक्ता मानन्धरले तयारी नपुगेर नगरसभा स्थगित भएको जानकारी दिए पनि नगरसभा स्थगित हुनुको भित्रिपाटो अर्कै छ । अनियमितता गरेको भन्दै मेयर बालेन्द्र शाहले तीन कर्मचारी निलम्बन गरेर छानबिन समिति बनाएपछि काँग्रेस निकटका जनप्रतिनिधि रुष्ट छन् । काँग्रेसका जनप्रतिनिधिले बैठक बहिस्कार गर्ने रणनीति बनाएको हल्ला चलेको छ । तर, प्रवक्ता मानन्धरले बाहिर आएका हल्लामा कुनै सत्यता नभएको प्रतिक्रिया दिए ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै केही समय अघि मेयर शाहले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेका थिए । यसै गरी प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई पनि कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

निलम्बनमा परेका कर्मचारीका बारेमा महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको अध्यक्षतामा बनेको समितिले छानबिन गर्न गरिरहेको छ । स्रोतका अनुसार बाहिर अन्य कारण बताइए पनि पछिल्लो समय महानगरमा मेयर, कर्मचारी र जनप्रतिनिधि बिच देखिएको टसलले नगरसभा प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस