आज सन्दीपलाई सजाय निर्धारण हुँदै, बहस जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज सन्दीपलाई सजाय निर्धारण हुँदै, बहस जारी


२५ पुस २०८०, बुधबार


काठमाडौँ। बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले बहस भइरहेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भइरहेको हो।

बहस सकिएपछि न्यायाधीश ढकालले लामिछानेलाई हुने सजाय तोक्नेछन्। यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस