भर्खरै सांसद बनेका बङ्गलादेश क्रिकेट टिमका कप्तान सकिबले हाने समर्थकलाई थप्पड « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भर्खरै सांसद बनेका बङ्गलादेश क्रिकेट टिमका कप्तान सकिबले हाने समर्थकलाई थप्पड


२४ पुस २०८०, मंगलबार


काठमाडौँ। भर्खरै सम्पन्न भएको आम निर्वाचनबाट सांसद बनेका बङ्गलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसनले एक समर्थकलाई थप्पड हानेका छन् ।

मतदान गर्न मतदान स्थल पुगेका शकिबले धक्का लागेको भन्दै समर्थकलाई गालामा थप्पड हानेका हुन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्थान टाइम्सका अनुसार उक्त घटना २ दिनअघिको हो । निर्वाचनमा सहभागी भएका शकिब मतदान गर्न मतदान स्थल पुगेका थिए ।

उनीसँग सेल्फी र भिडियो खिच्नेको भिड हुन्छ । त्यही भिडमा पुगेका एक समर्थकबाट उनलाई पछाडिबाट धक्का लाग्छ र उनी फर्किएर उक्त समर्थकलाई गालामा थप्पड हानेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।

बङ्गलादेशमा आइतबार भएको आम निर्वाचनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिबले जित हासिल गरेका हुन् ।

मगुराको पश्चिमी सहरमा अवामी लिग पार्टीबाट उम्मेदवार बनेका शकिब १ लाख ५० हजार मतान्तरले विजयी भएका हुन् ।

शकिबले १ लाख ८५ हजार ३ सय ८८ र प्रतिद्वन्द्वी बङ्गलादेश काँग्रेसका रेजल हसनले ४५ हजार मत पाए ।

Tags :
प्रतिक्रिया दिनुहोस