मन्त्रिपरिषद् बैठक बस्दै, सहसचिवहरूको सरुवा हुन सक्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, सहसचिवहरूको सरुवा हुन सक्ने


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

प्रशासनलाई प्राप्त जनाकारी अनुसार बैठकमा नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवहरूको पनि सरुवा हुन सक्ने बताइएको छ ।

२७ जना सहसचिवको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा सूची मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो ।

सम्बन्धित समाचार : २७ सहसचिवको सरुवा सूची प्रधानमन्त्री कार्यालयमा, आज निर्णय हुन सक्ने 

Tags :
प्रतिक्रिया दिनुहोस