भीम रावलको आरोप : दलहरूले संविधानको धारा २६९ को उल्लङ्घन गरे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भीम रावलको आरोप : दलहरूले संविधानको धारा २६९ को उल्लङ्घन गरे


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नेपालका राजनीतिक दलहरूले फेरि संविधानको धारा २६९ को उल्लङ्घन गरेको आरोप लगाएका छन्।

राष्ट्रिय सभामा प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मूल्य र मान्यता कुल्चेको उनको भनाइ छ।

उनले ट्विटरमा लेखेका छन्, ‘नेपालका राजनीतिक दलहरूले फेरी संविधानको धारा २६९ को उल्लङ्घन गरेका छन्। प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मूल्य र मान्यता कुल्चेका छन्।’

राष्ट्रिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेका छन्। संविधान लेख्दाका उद्देश्य र अपेक्षामा घात गरिएको छ।

राष्ट्रिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य गरेको भन्दै संविधान लेख्दाका उद्देश्य र अपेक्षामा घात गरिएको टिप्पणी गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस