इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएका व्यक्ति मकाउबाट पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएका व्यक्ति मकाउबाट पक्राउ


२२ पुस २०८०, आइतबार


काठमाडौँ । ठगी मुद्दामा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका फरार प्रतिवादी मकाउमा पक्राउ परेका छन्। नेपाल प्रहरीको इन्टरपोल शाखाले मकाउबाट एक जना प्रतिवादीलाई पक्राउ गरी आइतबार काठमाडौँ फिर्ता ल्याएको प्रहरीले जनाएको छ। 

काठमाडौँ तारकेश्वर नगरपालिका-१ का सफल राज कुँवर पक्राउ परेका हुन् । कुँवर लगायत अन्य व्यक्तिहरूले पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी मकाउमा राम्रो काम हुन्छ भनी ठगी गरेको आरोप छ। 

उनीविरूद्ध जाहेरी परेपछि फरार रहेका कुँवर मकाउमा रहेको खुलेको थियो। अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०१८ सेप्टेम्बर ११ मा उनीविरूद्ध डिफ्युजन नोटिस जारी भएको थियो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस