सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा अभियान सञ्चालन गर्ने  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा अभियान सञ्चालन गर्ने 


२२ पुस २०८०, आइतबार


pmep

काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचनामा परिमार्जन एवम् आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत र कानुनी आधार निर्माण गर्ने र श्रम बजारको नतिजामा सुधार हुने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचनामा परिमार्जन एवम् आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा आइतबार बसेको निर्देशक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ बाट ’आन्तरिक रोजगार प्रवर्द्धन दशक’ का रूपमा अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 

आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई अभियानका रूपमा सञ्चालन गर्न तीनै तहको सरकार, रोजगारदाता, विषयगत संघ सङ्गठन, सीप विकास प्रतिष्ठान लगायत श्रम तथा रोजगारीका क्षेत्रमा कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संगठनसँग प्रत्यक्ष समन्वय र सहकार्य गरिने मन्त्रालयका प्रवक्ता राजीव पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस