समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन


२२ पुस २०८०, आइतबार


काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले काठमाडौँका प्रशान्त अधिकारीको संयोजकत्वमा समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापनका लागी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यहरूमा काठमाडौँका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेको बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रदेशका विभिन्न स्थानमा कारागार र प्रहरी भवन संरचना सुधारका लागि ५ करोड बजेट ५६ लाख रुपैयाँ खर्च गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

जनचेतनामूलक प्रचार सामग्री निर्माण प्रसारण तथा वितरण कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि-२०८०, द्वन्द्वपीडितका लागि सबलीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० समेत स्वीकृत गरेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सभा सदस्य गीता गुरुङका लागि हेयरिङ मेसिन खरिद गर्न स्वीकृत प्रदान गरेको छ । एक वडा एक कृषि पशुपंक्षी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८० स्वीकृत भएको छ ।

बागमती प्रदेशमा चालु रहेको एक विद्यालय एक नर्स सञ्चालन कार्यविधि दोस्रो संशोधन २०८०, गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि २०८० र दुर्गम क्षेत्र चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०८० स्वीकृत गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस