राप्रपाद्वारा राष्ट्रिय सभाका लागि १५ जना उम्मेदवारको टुङ्गो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राप्रपाद्वारा राष्ट्रिय सभाका लागि १५ जना उम्मेदवारको टुङ्गो


२२ पुस २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा चुनावका लागि १५ जना उम्मेदवारको टुङ्गो लगाएको छ । सातवटै प्रदेशमा उम्मेदवारी दिने गरी राप्रपाले नाम छनोट गरेको हो ।

हिजो (शनिबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिले उम्मेदवारको नाम टुङ्ग्याएको भए पनि सार्वजनिक गरिएको थिएन । कोशीबाट एक, मधेसबाट २, बाग्मतीबाट चार, गण्डकीबाट दुई र लुम्बिनीबाट दुई उम्मेदवार उठाउन लागिएको हो । यस्तै कर्णालीबाट १ र सुदूरपश्चिमबाट ३ उम्मेदवार राप्रपाले छनोट गरेको छ ।

कोशीबाट उद्धव पौडेल एकमात्र उम्मेदवार बन्ने भएका छन् । बाग्मतीबाट महिलामा नानु नगरकोटी, दलितमा पूर्णबहादुर खड्का, अपाङ्गमा भरतमणि भट्ट र अन्यमा हेमजङ गुरुङको नाम फाइनल गरिएको छ । गण्डकीमा महिलाबाट गौमाया श्रेष्ठ र पुरुषबाट रोमबहादुर भण्डारी छन् । यस्तै, लुम्बिनीबाट निरञ्जन थापा र विजयीलक्ष्मी उठ्ने भएका छन् ।

राप्रपाल मधेश, गण्डकी र सुदूरपश्चिमका उम्मेदवारको नाम गोप्य राखेको छ । ती तीनवटै प्रदेशमा राप्रपासँग एक–एक प्रदेश सांसदसहित ५३ मतभार मात्र रहेको छ ।

राप्रपा बैठकले राष्ट्रिय सभामा एक सीट पाउने गरी सत्तारुढ गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको थियो । यसका लागि कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । तर, तामाङले आज गठबन्धनका शीर्ष नेताहरू भेट्न सकेनन् । गठबन्धनले आपसी भागबन्डा मिलाइसकेकाले राप्रपाको च्याप्टर लगभग क्लोज भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस