सर्लाहीको बरहथवामा पुनः कर्फ्यु आदेश जारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सर्लाहीको बरहथवामा पुनः कर्फ्यु आदेश जारी


२२ पुस २०८०, आइतबार


काठमाडौँ । प्रदर्शन पुनः  चर्किएपछि स्थानीय प्रशासनले सर्लाहीको बरहथवामा फेरि कर्फ्यु लगाएको छ । आइतबार प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु आदेश जारी गरेको हो ।

आइतबार आजदेखि सोमबार बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको हो । 

प्रदर्शन नियन्त्रणभन्दा बाहिर जान लागेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ‘क’ को १ र ३ बमोजिम कर्फ्यु लगाइएको प्रशासनको आदेशमा उल्लेख छ ।

‘सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढालगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन जान सक्ने स्थिति देखिएकाले बरहथवाको बजार क्षेत्र (पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती पुल) क्षेत्रभित्र कर्फ्यु आदेश भएको छ,’ आदेशमा उल्लेख छ ।

प्रदर्शनका क्रममा बरहथवा-६ का ज शङ्कर साहको गोली लागेर ज्यान गएको थियो । उनको शव तीन दिनदेखि सडकमै राखेर प्रदर्शन भइरहेको छ ।

सम्बन्धित समाचार : सर्लाही घटना-जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

Tags :
प्रतिक्रिया दिनुहोस