कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त


२२ पुस २०८०, आइतबार


काठमाडौँ । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । 

उनलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए । 

मोरङको विराटनगर महानगरपालिका-९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस