थामी समाज सिन्धुपाल्चोकद्वारा एक दिने वृहत प्रशिक्षण भेला सम्पन्न « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

थामी समाज सिन्धुपाल्चोकद्वारा एक दिने वृहत प्रशिक्षण भेला सम्पन्न


२२ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाल थामी समाज सिन्धुपाल्चोकले एक दिवसीय वृहत कार्यशाला गोष्ठी तथा प्रशिक्षण भेला सम्पन्न गरेको छ । नेपाल थामी समाज सिन्धुपाल्चोकले शनिबार ग्राण्ड रिसोर्ट बाह्रबिसेमा सो भेला सम्पन्न गरेको हो । भेलामा थामी समाजको विधान-२०५६ मा भएको व्यवस्थापन, मस्यौदा विधान २०८० को दफा र उपदफाका विभिन्न बुदाहरुमा छलफल भएको थियो ।

सो क्रममा थामी समाज सिन्धुपाल्चोकका अध्यक्ष शरण थामीले फुटेर होइन जुटेर शिखर चुम्न सकिने भन्दै यात्राका क्रममा आउने अप्ठ्यारा तथा आरोह अवरोहलाई सामना गर्दै अगाडि बढ्न सौबलाई आग्रह गरे । थामी स्वचालित हुन शिर्जनशिल विधानको आवश्यकता पर्ने भन्दै विधान–२०५६ लाई संशोधन गरि अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल थामी समाजका केन्द्रीय अध्यक्ष रण बहादुर थामी, थामीहरुको अग्रज वरिष्ठ परामर्शदाता कबिराज थामी, नेपाल थामी चलचित्र संघका अध्यक्ष नानु थामी, राष्ट्रिय सङ्गीतकर्मी संघ सिन्धुपाल्चोकका अध्यक्ष इश्वर प्रसाद सापकोटा, वरिष्ठ गायक दिनेश भणडारी, गायक पिताचन्द्र नेउपाने, थामी गायक रामसुन्दर थामीले प्रशिक्षण दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस