राष्ट्रिय सभाको भागबन्डा टुङ्ग्याउन गठबन्धनको बैठक जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभाको भागबन्डा टुङ्ग्याउन गठबन्धनको बैठक जारी


२१ पुस २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । आजको बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको छ ।

एक नेताले भने, ‘आजको बैठकले भागबन्डा टुङ्ग्याउने भन्ने छ ।’ गठबन्धन दलको बैठकअघि शनिबार साँझ नै गठबन्धनमा सहभागी शीर्ष तीन दलको बैठक बसेको थियो । 

बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो । योसँगै राष्ट्रिय सभामा रिक्त रहेका सिटहरू गठबन्धन दलहरूबिच नै भागबन्डा गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस