काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पुस २० गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको एक नेताले जानकारी दिए ।
राष्ट्रिय सभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफलका एजेन्डा तय भएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ ।