गगन थापाको दाबी : देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा छ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गगन थापाको दाबी : देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा छ


१८ पुस २०८०, बुधबार


काठमाडौँ । काँग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताएका छन्। बुधवार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताए।

उनले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद पक्ष भएको बताए।

उनले राजनीतिक दलसमेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको नियन्त्रणमा भएको उल्लेख गरे। उनले यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अरु देशबारे आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद पक्ष भएको बताए।

उनले देशमा संविधान बनेर आवधिक निर्वाचन हुन थाल्नु सकारात्मक कुरा भए पनि अर्थतन्त्रमा र शासकहरूको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताए।

महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई विस्थापन गर्ने प्रयास भएको पनि उल्लेख गरे।

उनले आफ्नो पार्टीको संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताए। उनले पुराना नेतृत्वसँगको प्रतिस्पर्धा गरेर नथाकेको भन्दै निरन्तर प्रतिस्पर्धा गर्ने संकेत गरे। उनले पूर्वकर्मचारीको ज्ञान र सीपलाई सरकारले उचित ढङ्गले प्रयोग गर्नुपर्नेमा जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस