Logo १८ कार्तिक २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रतिस्पर्धामा अब्बल साबित हुन कर्मचारीलाई मन्त्री शर्माको निर्देशन


१८ पुस २०८०, बुधबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिएकी छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम केन्द्रीय समितिको १७औँ वार्षिकोत्सवलाई आज भद्रकालीमा सम्बोधन गर्दै मन्त्री शर्माले पछिल्लो समयमा यस संस्थामा सुधार गर्न मेहनत गर्नुपर्ने स्थिति आएको बताइन् ।

“संस्थाको राजस्वमा गिरावट आएको छ । तपाईहरुले यसलाई हिजोको अवस्थामा फर्काउन निकै मेहेनत गर्नुपर्नेछ । जनताले अझै पनि यसलाई विश्वास गरिरहेका छन्, त्यो विश्वासलाई अवसरका रूपमा लिएर काम गर्नुहोस्”, नेपाल सरकारका प्रवक्ता शर्माले भनिन्, “संस्थाले नाफा कमाएमा देशको आर्थिक समृद्धिका साथै यहाँका कर्मचारीको सेवा सुविधा वृद्धिमा पनि योगदान पुग्नेछ ।”

संस्था गिर्दै गएमा सुविधा कटौती हुनसक्ने उल्लेख गर्दै मन्त्री शर्माले यस्ता विषयमा सबै सङ्गठनको व्यावसायिक योजनासहित हातेमालो हुन सकोस् भनिन् । गणतन्त्र प्राप्ति भइसकेपछि आफ्ना हक अधिकारको वकालतका साथै राजनीतिक दल र कर्मचारी सङ्गठनले ध्यान देशको आर्थिक समृद्धिमा हुनुपर्नेमा उनले जोड दिइन् । मन्त्री शर्माले दूरसञ्चार ऐन, २०५३ संशोधनको गृहकार्य भइरहेको र टेलिकमको निवमावलीलाई सामयिक संशोधन गरिने जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस