९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैदसहित ७ लाख जरिवाना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैदसहित ७ लाख जरिवाना


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । जिल्ला अदालत दैलेखले ९ वर्षीय बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद सुनाएको छ । सोमबार अदालतले बालिका बलात्कार अभियोगमा ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैद सजाय सुनाएको हो ।

न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका ८ ढकाने दैलेखका ८६ वर्षीय रेग्मीले बालिकालाई बलात्कार गरेको ठहर गर्दै सजाय सुनाएको दैलेख जिल्ला अदालतले जनाएको छ ।

उक्त कसूरमा रेग्मीलाई जन्मकैद, सात लाख रुपैयाँ जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ । बालिकालाई बलात्कार गरेको आरोपमा रेग्मी २०७९ चैतमा पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस