युरोप पठाइदिने भन्दै साढे १९ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

युरोप पठाइदिने भन्दै साढे १९ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ


१६ पुस २०८०, सोमबार


पक्राउ

काठमाडौँ । आकर्षक तलब पाउने गरी युरोपको रोजगारीमा पठाइदिन्छु भन्दै साढे १९ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पदमकुमारी श्रेष्ठसहित दुई जनालाई १९ लाख ६० हजार रुपैयाँ ठग्ने मार्स म्यानपावरका सञ्चालकसमेत रहेका काभ्रेको पनौती नगरपालिका-१ का जयराम पौडेललाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै प्रतिव्यक्ति २० लाख रुपैयाँका दरले रकम मागेका थिए । तर १९ लाख ६० हजार रुपैयाँ लिएपछि फरार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा पैसा नदिन पनि प्रहरीको आग्रह छ ।

Tags :
प्रतिक्रिया दिनुहोस