२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीके राउतको आरोप-सरकारले रंगभेदी विभेद गर्‍यो

अ+ अ-

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले मधेसीहरुलाई रङ्ग विभेद गरेको आरोप लगाएका छन् ।

सोमबार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरूले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरूलाई धरपकड गरेको बताए ।

उनले भने, ‘ यो देशमा कस्तो रङ्गभेद र विभेद छ भने मधेसी पार्टी त हो नि भनेर समातियो । अर्को कुनै मन्त्री समातेर देखाओस्। संयतता लिएको हो, उहाँहरूको दम्भ देखाएअनुसार देशभर आगो बल्थ्यो । आफ्नै सरकारले आफ्नै मन्त्री कतै पक्राउ गर्छ ?’

उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गरे । उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रस्तावका रूपमा लैजाने बताए ।

‘सबैलाई एकाएक समातेर हिरासतमा लिँदा आम जनतालाई कस्तो स्वतन्त्रता होला । समितिमा पनि प्रश्न उठ्छ,’ उनले भने, ‘मान्य मन्त्रीज्यूलाई र सांसदहरुलाई जतिबेला पनि पक्राउ गर्ने हो भने कस्तो खालको प्रहरी प्रशासन छ ? त्यो प्रश्न उठ्छ । यो यतिमै सकिँदैन । हामी संसदमा छलफल प्रस्ताव लग्छौँ ।’

उनले मधेसी मलुकी मन्त्री भएकै कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए । उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गरे । मधेसी मूलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौती दिए ।