२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचै वर्ष चल्ने सर्वदलीय सरकार बनाउन बाबुराम भट्टराईको प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सबै प्रमुख दलहरू मिलेर सर्वदलीय सरकार बनाउन प्रस्ताव गरेका छन्।

नेपाली ४८औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले तत्काल मुलुकमा देखिएको सङ्कट टार्न सबै दलहरू मिलेर सरकार बनाउन प्रस्ताव गरेका हुन्।

संघीयतापछि दुई वटा चुनाव भइसक्दा पनि २० को १९ नहुनुमा निर्वाचन प्रणाली र शासकीय स्वरूपमा त्रुटि रहेको बताउँदै भट्टराईले त्यसको हल गर्न तत्कालका लागि सबै दलहरू मिलेर सरकार चलाउनुपर्ने बताएका हुन्।

‘सबै प्रमुख दलहरूको सरकार बनाऔँ। पाँचै वर्ष चल्ने गराऔँ किन भागबन्डा गर्नुपर्‍यो। एउटा मान्ने मान्छेको नेतृत्वमा नीति कार्यक्रम बनाएर त्यसलाई कार्यान्वयन गराऔँ,’ उनले भने। जर्मनीमा पनि सङ्कटको बेला एंगेला मर्केलले त्यस्तै उपाय लगाएर देशलाई सङ्कटबाट मुक्त गरेको भट्टराईले बताए। उनले यही प्रणालीले देश नबन्ने बताए।

‘दुई-दुई पटक निर्वाचन भइसक्यो बहुमतको सरकार बन्दैन। प्रधानमन्त्रीलाई समस्या छ। दस पार्टीको सरकार चलाउनुहुन्छ। एउटालाई चलाइदियो यता उफ्रन्छ अर्कोलाई समायो उता उफ्रन्छ सरकार कुनबेला जाने भन्ने समस्या छ अनि कुनबेला सुशासन र समृद्धि ल्याउने ?,’ उनले भने।

नभए पूर्ण समानुपातिक बनाएर जसले जति प्रतिशत मत ल्याउँछ त्यही अनुसार सरकारमा बस्ने स्वीजरल्याण्डको जस्तो प्रणाली अपनाउनुपर्ने उनले बताए। त्यो पनि नसक्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गएर मात्रै स्थायी सरकार बनाउन सकिने भट्टराईले बताए।

‘यसो नगरेसम्म यही प्रणाली अपनाइने हो भने बन्दैन बन्दैन। युवाहरू देश छोडेर हिँड्ने, हाम्रै छोराछोरी देशमा नबस्ने अनि हामीले लोकतन्त्रको डम्फु बजाएर मात्र हुन्छ ? उनले भने।