२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवा-बढुवामा पैसाको चलखेल शून्यमा झारिएको छ : गृहमन्त्री

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफूले गरेको गल्ती पहिले कुनै कानूनीरूपमा छुट पायो सधैँ त्यस्तो नहुने चेतावनी दिएका छन् । सिंहदरवारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफूलाई केही गर्ला कि भन्ने लागेर पहिल्यै खुट्टा उचालेको हुनसक्ने टिप्पणी गरे ।

उनले भने, ‘आफूले गरेको गल्ती चाहिँ पहिले कुनै कारणले कानूनीरूपमा छुट पायो भन्दैमा पछाडि त्यस्तै हुन्छ भनेर कल्पना गर्न भएन । त्यस्तो हुन्न । दोष छ भने सबैलाई कारबाही हुन्छ । तर, प्रतिशोधशून्य हुनै सक्दैन । तर, केही गर्ला कि भन्ला भनेर खुट्टा उचालेपछि भाग्न पाउँछु भन्ने हुँदैन ।’

बैठकमा बोल्दै सभापति लामिछानेले गृहमन्त्रीले गृहमन्त्रीले प्रहरीमाथि हस्तक्षेप गरेर काम गर्न नदिएको आरोपसमेत लगाएका थिए ।

त्यसको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘राजनीतिक हस्तक्षेप करिब करिब, १०० प्रतिशत त कसरी भनौँ सरकार भन्या गृहमन्त्री मात्रै होइन, अहिले पूरै प्रहरी सङ्गठनलाई आफ्नो मापदण्डअनुसार काम गर्नको लागि वातावरण बनाइएको छ । अहिलेमात्रै होइन ५० वर्षपछि पनि म दोषी देखिए जिम्मेवारी लिन तयार छु प्रोमोसन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शून्यमा झारिएको छ ।’

गृह मन्त्रालय र प्रहरीको कुनै अधिकारीले प्रमोसन र सरुवामा पैसा लियो भन्ने सुन्न नपाउने उनको दाबी छ।

यस्तै लामिछानेले गृहमन्त्रीले ६० किलो सुन काण्डमा आफ्नो मान्छे जोगाउन राजस्व अनुसन्धानबाट सीआईबीमा ल्याएको आरोप लगाएका थिए ।