सरुवा-बढुवामा पैसाको चलखेल शून्यमा झारिएको छ : गृहमन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरुवा-बढुवामा पैसाको चलखेल शून्यमा झारिएको छ : गृहमन्त्री


१६ पुस २०८०, सोमबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफूले गरेको गल्ती पहिले कुनै कानूनीरूपमा छुट पायो सधैँ त्यस्तो नहुने चेतावनी दिएका छन् । सिंहदरवारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफूलाई केही गर्ला कि भन्ने लागेर पहिल्यै खुट्टा उचालेको हुनसक्ने टिप्पणी गरे ।

उनले भने, ‘आफूले गरेको गल्ती चाहिँ पहिले कुनै कारणले कानूनीरूपमा छुट पायो भन्दैमा पछाडि त्यस्तै हुन्छ भनेर कल्पना गर्न भएन । त्यस्तो हुन्न । दोष छ भने सबैलाई कारबाही हुन्छ । तर, प्रतिशोधशून्य हुनै सक्दैन । तर, केही गर्ला कि भन्ला भनेर खुट्टा उचालेपछि भाग्न पाउँछु भन्ने हुँदैन ।’

बैठकमा बोल्दै सभापति लामिछानेले गृहमन्त्रीले गृहमन्त्रीले प्रहरीमाथि हस्तक्षेप गरेर काम गर्न नदिएको आरोपसमेत लगाएका थिए ।

त्यसको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘राजनीतिक हस्तक्षेप करिब करिब, १०० प्रतिशत त कसरी भनौँ सरकार भन्या गृहमन्त्री मात्रै होइन, अहिले पूरै प्रहरी सङ्गठनलाई आफ्नो मापदण्डअनुसार काम गर्नको लागि वातावरण बनाइएको छ । अहिलेमात्रै होइन ५० वर्षपछि पनि म दोषी देखिए जिम्मेवारी लिन तयार छु प्रोमोसन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शून्यमा झारिएको छ ।’

गृह मन्त्रालय र प्रहरीको कुनै अधिकारीले प्रमोसन र सरुवामा पैसा लियो भन्ने सुन्न नपाउने उनको दाबी छ।

यस्तै लामिछानेले गृहमन्त्रीले ६० किलो सुन काण्डमा आफ्नो मान्छे जोगाउन राजस्व अनुसन्धानबाट सीआईबीमा ल्याएको आरोप लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस