बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन


१६ पुस २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायामन्त्रीको भूमिकाबारे समेत छानबिन गर्न निर्देशन दिएको छ ।

समितिको सोमबारको बैठकमा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको समे असावधानीका कारण घटना भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि समितिले छानबिन गर्ने निर्देशन दिएको हो ।

समितिले बालकुमारी घटनबारे जवाफ दिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी अधिकारीहरूलाई बोलाएको थियो ।

समितिले मृतकका परिवारले क्षतिपूर्तिको थप व्यवस्था गर्ने दुवैका परिवारलाई रोजगारीको अवसर दिलाउन पनि सरकारले निर्देशन गरेको छ । सभापति रामहरि खतिवडाले घटनासँग सम्बन्धित साना कर्मचारी मात्र निलम्बन हुने र अरु उम्किने अवस्था सिर्जना नहुने र काम गर्नेहरूको मनोबल पनि कमजोर नहुने गरी समस्याको समाधान गर्न न्यायोचित काम गर्न पनि निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस