एमाले सांसद राजेन्द्र राईले मागे गृहमन्त्रीको राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले सांसद राजेन्द्र राईले मागे गृहमन्त्रीको राजीनामा


१६ पुस २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र राईले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

सोमबारको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै राईले बालकुमारी घटनामा गृहमन्त्रीको कमजोरी देखिएकाले राजीनामा दिनुपर्ने बताए ।

उनले भने, ‘मन्त्रीज्यू, तपाईँ राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । अब तपाई राजीनामा दिनुस्, दिनैपर्‍यो ।’ 

उनले युवाले विदेश गएर काम गर्छु भन्दा गोली हानेर मार्नेले राजीनामा नदिएर कसले दिन्छ, भन्दै प्रश्न समेत गरेका छन् । 

उनले गृहमन्त्री श्रेष्ठले मुलुक चलाउन नसकेको भन्दै असन्तुष्टि किन भयो भन्दै प्रश्न गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस