सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीलाई मन्त्री किरातीको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीलाई मन्त्री किरातीको निर्देशन


१५ पुस २०८०, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् । 

उनले भने, ‘नेपाल वायुसेवा निगमको बारेमा बिना प्रसङ्ग किन बढी कुराहरू उठ्छन् ? के तपाईँहरू नीति निर्माता हो ? जानुस् आन्दोलन गर्नुहोस् । प्रधानमन्त्रीसँग डेलिकेशन गर्नुस् । अनुमति लिएर आउनुस् ।’

वायुसेवा निगम राख्ने वा नराख्ने भन्ने विषय सरकारले निर्णय गर्ने विषय भएको उनको भनाइ छ । मन्त्री किरातीले यो विषयमा राष्ट्रिय सहमति पनि आवश्यक पर्ने बताए । ‘पटक-पटक वायुसेवा निगमको कुरा किन उठाउनु हुन्छ यहाँ, हो त्यो सच्चिनु पर्छ, सुधार्नु पर्छ, विकास गर्नु पर्छ हामीलाई पनि थाहा छ । तर, वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलीङ लिने कि नलिने भन्ने प्रश्नमा तपाईँहरू किन ठूलो ठूलो धुवाँ उडाउनु हुन्छ । कोकोहोलो गर्नु हुन्छ ।’

उनले यो विषय प्रधानमन्त्री र राजनीतिक दलशरुको सरोकारको विषय भएको औँल्याए । 

Tags :
प्रतिक्रिया दिनुहोस