थप तीन उद्योगको विद्युत् कटौती « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

थप तीन उद्योगको विद्युत् कटौती


१५ पुस २०८०, आइतबार


काठमाडौँ । कोसी प्रदेशमा विद्युत् उपयोग गरेबापत २ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम नबुझाउँदा तीनवटा ठूला उद्योगको विद्युत् प्रसारण कटौती गरिएको छ ।

विराटनगरस्थित नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका झाका अनुसार लामो समयदेखि विद्युत् उपभोग र प्रिमियमसहितको महसुल नतिरेको अवस्थामा मोरङ, धनकुटा, र सुनसरीका तीन वटा उद्योगको लाइन काटिएको हो ।

मोरङको बाबा जुट मिल्स, धनकुटाको निगाले सिमेन्ट र सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको बताइएको छ ।

निर्देशनालयका अनुसार हालसम्म बाबाले ५ करोड ६१ लाख, सुनसरीको रिलायन्स स्पिनिङले १ अर्ब ९४ करोड २६ लाख र धनकुटास्थित निगाले सिमेन्टले १४ करोड २० लाख रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेको छ ।

प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाईन फिडर प्रयोग गरेपछि रकम नतिरेको जनाउँदै पहिलो चरणमा सुनसरीको रियलान्यसको विद्युत् काटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस