धनगढीलाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धनगढीलाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि


१४ पुस २०८०, शनिबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौँको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।

गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र ५८ औं मिनेटमा पनि इमोह इजेकेलले गोल गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस