बालकुमारी घटना : गृहमन्त्रीको राजीनामा माग गर्दै दैलेखमा पनि आन्दोलन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बालकुमारी घटना : गृहमन्त्रीको राजीनामा माग गर्दै दैलेखमा पनि आन्दोलन


१४ पुस २०८०, शनिबार


काठमाडौँ । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार दैलेखमा पनि सरकारविरुद्ध आन्दोलन सुरु भएको छ । जिल्ला सदरमुकाममा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा युवाहरुको समूहले सरकारविरुद्ध नाराजुलुस गरेका हुन् ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो । आन्दोलनकारीले  हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन भन्दै सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।

उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरिरहेका छन् । सदरमुकामको गणेश चोकदेखि लोकतान्त्रिक चोकसम्म उनीहरुले आन्दोलन गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस