रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले दिए राजीनामा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले दिए राजीनामा 


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम समितिमा जिम्मेवारी फेरबदल भएको छ। प्रदेश समितिको उपसभापति र महामन्त्रीले राजीनामा दिएपछि जिम्मेवारी फेरिएको हो । 

रास्वपा सुदूरपश्चिमका तत्कालीन महामन्त्री भोजराज जोशीले राजीनामा दिएपछि उनको स्थानमा पारस बाहुनलाई ल्याइएको छ। बाहुन रास्वपा डडेल्धुराका पूर्व जिल्ला संयोजकसमेत हुन्। 

यस्तै पार्टीकी उपसभापति सृष्टि महराले पनि पदबाट राजीनामा दिएकी छन्। तर उनको स्थानमा कसलाई ल्याउने भन्ने विषयमा भने आन्तरिक छलफल जारी रहेको बताइएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस