काठमाडौँ । काठमाडौँमा २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेकी छन्। रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङ पक्राउ परेकी हुन्।
उनलाई गोकर्णेश्वर नगरपालिका-४ बाट १ हजार दरको २४ थान नक्कली नोटसहित बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।
नक्कली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले नोटसहित उनलाई पक्राउ गरेको हो।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।