सत्य नाडेला बने वर्षको सर्वोत्कृष्ट सीईओ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सत्य नाडेला बने वर्षको सर्वोत्कृष्ट सीईओ


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । सत्य नाडेला सन् २०२३ को सीईओ अफ द इयर बनेका छन् । नाडेला माइक्रोसफ्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । 

माइक्रोसफ्ट कम्पनीको लगानी रहेको ओपन एआई कम्पनीले बनाएको च्याट जीपीटी नामक एआई च्याटबटले ठूलो तहल्का मच्चाइरहेको छ । सोही कारण एआई सम्बन्धी योजना तय गर्न सफलता प्राप्त गरेको भन्दै नाडेला सन् २०२३ को सीईओ अफ द इयर बनेका छन्

विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टले एआईमा अर्बौँ डलर लगानी गरेको छ । कम्पनीको यहीँ निर्णयकै कारण सत्य नाडेलालाई सीएनएनले वर्ष सीईओ घोषणा गरेको हो ।

माइक्रोसफ्टले हालै ओपन एआईसँगको साझेदारीलाई निरन्तरता दिइने घोषणा गरिसकेको छ । यसको माध्यमबाट माइक्रोसफ्टले ओपन एआई सर्भिस सहित आफ्ना सबै उपभोक्ता तथा इन्टरप्राइजेज प्रडक्टहरूमा ओपनएआईको प्रयोग गर्नेछ । यतिमात्र होइन ओपन एआईमा सुधारका लागि सुपर कम्प्युटिङ्ग सिस्टममा पनि लगानी गरिनेछ ।

नाडेलाको नेतृत्वमा विन्डोजको सफलता हासिल गरेसँगै माइक्रोसफ्ट कम्पनी पुनः एकपटक प्रविधि नवप्रवर्तकको रूपमा उदाइरहेको छ । यसैको नतिजास्वरुप अमेरिकी शेयर बजारमा माइक्रोसफ्टको शेयरमा यो वर्ष ५५ प्रतिशतले वृद्धि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस